Nepal's First Video FM

संसद बैठक पन्ध्र मिनेटका लागि स्थगित, एमाले सांसदद्वारा बिरोध

304

काठमाडौं – प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित भएको छ । अपरान्ह ४ बजे शुरुभएको बैठकमा नेकपा (एमाले) का सांसदहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै नाराबाजी गरेपछी बैठक पन्ध्र मिनेटकालागि स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले बैठकलाई जानकारी गराए।

सो अघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले कारवाही गरेका सांसदकाे सूचना जारी नगरेकाे भन्दै सभामुखले त्यसकाे जवाफ नदिएसम्म संसद बैठक अघि बढ्न नदिने बताए । बैठक सुचारु हुनासाथ एमाले प्रमुख सचेतक भट्टराईले सो भनाई राख्दै संसद बैठक सुचारु हुन नसक्ने बताए ।

जवाफमा सभामुख अग्नीप्रसाद सापकोटाले संसद नियमावली २०७५ को नियम २१ खण्ड (ख) र (ग) अनुसार आफूले कदम चालेको जानकारी गराए। सो व्यवस्था अध्ययन गर्न उनले एमाले सांसदहरुलाई आग्रह गरे। संसदको गरिमा र मर्यादाबाहिर नजान पनि उनले सांसदहरुलाई आग्रह गरे। बैठक कक्षमा सांसदहरुले नाराबाजी शुरु गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको उनले जानकारी दिए।

You might also like

Comments are closed.