एमसीसी फातेमा नेतृत्वको टोली काठमाडौँ आइपुगे, सुरक्षा व्यवस्था कडा
एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो
काठमाडौँ- एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।
भर्खरै मात्र कतार एयरको विमानबाट उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । बिहीबार बिहानदेखि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
विमानस्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला नेपाल भ्रमण आएपछि उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सुमारले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो हिजो मात्रै जवाफ पठाएकी थिइन् । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ मा एमसीसीलाई पत्र लेखेर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आम नागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्नहरू पठाएका थिए ।
Comments are closed.