Nepal's First Video FM

बानेश्वरमा भेटियो शंकास्पद वस्तु, बम डिस्पोजल टोली घटनास्थलमा

252

काठमाडौं, मध्यबानेश्वरस्थित एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ। मातृका आँखा उपचार केन्द्रको तेस्रो तलामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

अस्पतालमा शंकास्पद वस्तु भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको उनको भनाइ छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए।

शंकास्पद वस्तुबारे विस्तृत विवरण आइनसकेको उनले बताए।

You might also like

Comments are closed.