Nepal's First Video FM

एमसीसीको बारेमा भीम रावलको पुकार – हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !

289

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एमसीसी प्रतिनिधि मण्डलले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन् ।

रावलले भनेका छन्– हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ! हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !

रावल एमसीसी परियोजना कुनै हालतमा पास गर्नु हुँदैन भन्ने पक्षमा शुरुदेखि नै छन् ।

You might also like

Comments are closed.