काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।
नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।
प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो।
सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।
Comments are closed.