Nepal's First Video FM

धानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

217

काठमाडौं, मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः४५ मा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि शुक्रबार बैठक बोलाइएको हो। एजेण्डा नखुलाइए पनि आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकअघि सत्तारुढ गठबन्धनको बैठकसमेत बोलाइएको छ। गठबन्धनको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दैछ।

You might also like

Comments are closed.