Nepal's First Video FM

महाधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन सभापति देवालाई पौडेल पक्षकाे ध्यानाकर्षण

257

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । सामाजिक सञ्जालमार्फत जानकारी गराउदै काँग्रेस वरिष्ठ नेता पौडेलले पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोगको अपिल गरिएको बताइएको छ ।

शुक्रबार बिहान पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियार लगायतका टोलीले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई बालुवाटारमा चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा यस विषयमा ध्यानाकर्षण पत्र बुझाइएको पनि नेता पौडेलले जानकारी गराएको हो ।

You might also like

Comments are closed.