चैत्र ५, छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मालिका धार्मिक महोत्सव सुरू भएको छ । नेपालको इतिहासमा प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ आयोजित मालिका धार्मिक महोत्सवको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन ।
महोत्सवको उद्घाटन गर्दै रायमाझीले धर्म, कर्म संस्कृतिको रक्षा र विकास गर्ने उदेश्यले गरिएको महोत्सवले विकास निर्माणको लागि जागरण पर्व भएको औल्याए । उनले धार्मिक महोत्सवले जिल्ला सहित देशभरको विकासका लागि महत्त्वपूर्ण योग्दान पु¥र्याउँने बताउँदै महोत्सवहरू भईरहनुपर्छ सहयोगका लागि तयार छु रायमाझीले भने । अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका सांसद समेत रहेका रायमाझीले अब जिल्लालाई समृद्ध बनाउँन ईमानदारीता, ईच्छाशक्ती, अनुशासित भएमा मात्रै समृद्ध बनाउँन सकिने बताए । फरक प्रसंगमा रायमाझीले अर्घाखाँचीलाई पाचँ वर्ष भित्रमा सवै वडाहरुमा पिचँ बाटो पु¥याउँने, खानेपानीको समस्या नहुँने गरी खानेपानी समस्याको समाधान गर्ने, धार्मिक पर्यटकिय स्थलहरुको प्रचारप्रसार तथा पर्यटकहरु जिल्लामा भित्रयाउँने गरी अगाडी बढेको बताउँदै ५ वर्षमा नमुना जिल्ला बनाउँने उदघोष गरे ।
महोत्सवका आकर्षक चर्चित धार्मिक व्यक्तीत्व भुवन गुरुको मुखार विन्दुबाट प्रवचन हुने छ । धार्मिक महोत्सवको सुरुको दिनमा नै करिव १५ लाख दान संकलन भएको प्रचारप्रसार समितीका संयोजक धनिश्वर पाण्डेले जानकारी दिए ।
Comments are closed.