काठमाडौं – तालिबान सरकारको उद्घाटन कार्यक्रममा रुस सहभागी नहुने भएको छ। रुसी सरकारका प्रवक्ता दिमत्री पेस्कोभले अवस्था कसरी परिवर्तन हुन्छ भन्ने थाहा नभएको उल्लेख गर्दै तालिबानको नेतृत्वमा बनेको अफगान सरकारको पहिलो र त्यसपछि अन्य कदम कस्तो हुनेछ हेर्न जरुरी रहेको बताए।
रुसको माथिल्लो सदनका प्रवक्ताले तालिबानको सरकार उद्घाटन कार्यक्रममा राजदूतस्तरको अधिकारी पठाउने भनेका थिए।बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश रुस अफगानिस्तानबाट अन्य देशका नागरिकलाई बाहिर निकाल्न तालिबानसँग संवाद भइरहेको बताएका थिए।
मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘धेरै देशले हामीसँग हाम्रा र अफगान नागरिकलाई त्यहाँबाट निकाल्न भनिरहेका छन्। हामीले गोप्य रुपमा होइन, तालिबानसँग कुरा गरेरै विभिन्न तहका नागरिकका लागि उद्धारको काम गरिरहेका छौं।’
Comments are closed.