Nepal's First Video FM

सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि हट्दिन: डा. शशाङ्क कोइराला

200

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्‍याए। ‘हैन म कहाँ ब्याक हुन्छु। म त उठ्ने नै प्रयत्न गर्दैछ’ उनले भने।

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताएका हुन्। उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए। क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले बताए।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण शुक्रबार संसदको घटनाले पुष्टि गरेको बताए। विपक्षीको धर्म विरोध गर्ने भए पनि शुक्रबारको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको कोइरालाले भने, ‘उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन्।’

You might also like

Comments are closed.