Nepal's First Video FM

झर्‍यो नयाँ संक्रमितको संख्या, सक्रिय संक्रमितभन्दा निको हुने धेरै- आज ९११ जनामा कोरोना संक्रमण पुष्टि

252

काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कारोनाका कारण १३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार ८७८ नमुनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण पाइएको थियो । यस्तै ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले नियमित अपडेटमा उल्लेख गरेको छ ।

२४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनहरुमा नयाँ संक्रमित भन्दा कोरोना जित्नेको संख्या उच्च देखिएको छ ।

यसै बीच स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन्।

‘मन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ,’ कोभिड संक्रमण कम हुनुको कारणबारे अधिकारीले भने।

विज्ञहरूका अनुसार कोभिड–१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड संक्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।

You might also like

Comments are closed.