काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए ।
‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उनले भने, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकरण फेरि एक ठाउँमा आएर हेरम् ।’
Comments are closed.