चैत्र ५, १० लाख रकम मागेर मेयरलाई अपहरणको धम्की दिने २ जना प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले रौतहटको व्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग रकम मागेर धम्क्याउँदै आएका दुईजनालाई ललितपुरको बालकुमारीबाट आइतबार पक्राउ गरेको हो ।
एसपी जीवन श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा २५ वर्षीय मोहम्मद सम्सग आलम र ४५ वर्षीय जुल्फिकर सेक रहेका छन् । आलम कठरिया नगरपालिकाका हुन् भने सेक राजपुर नगरपालिकाका हुन् ।
आलम र सेकले नगरपालिकाका मेयर रामस्नेहीसँग १० लाख रकम माग गर्दै नदिए अपरहण गर्ने धम्की दिँदै आएका थिए । आफूमाथि धम्की आएपछि मेयरले प्रहरीमा उजुरी गरेका थिए । लगत्तै प्रहरीले मेयर धम्क्याउने दुर्इ जनालार्इ पक्राउ गरेको हो ।
अनलाइन खबर
Comments are closed.