Nepal's First Video FM

चीनमा अहिले सम्म दुई अर्ब चौध करोड डोज खोप लगाइयो

151

बेइजिङ, चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको त्यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ ।

चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर, चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ ।

कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ ।-सिन्ह्वा/Photo: Age

You might also like

Comments are closed.