Nepal's First Video FM

सभामुखले बोलाए सर्वदलीय बैठक

278

संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज साेमबार दिउँसो बस्दैछ ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् ।सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो ।

You might also like

Comments are closed.