Nepal's First Video FM

सभामुखले डाकेको सर्वदलीय बैठकमा- केपी ओली कुनै पनि कुनैपनि बैठकमा नजाने

319

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् ।

संसद्‍मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सभामुखले २ः३० बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा बैठक बोलाएका छन् ।
सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले)संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएरसमेत निम्ता गरेका छन् । तर, स्रोतका अनुसार बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेतामात्रै सहभागी हुनेछन् । ओली सभामुखले बोलाएका कुनै
बैठकमा नजानेसमेत स्रोतको दाबी छ ।

You might also like

Comments are closed.