काठमाडौँ, ‘जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा’
तीन साताअघि युट्युबबाट सार्वजनिक भयो यही बोलको गीत। एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो। टिकटकमा यही गीतमा भिडियो बनाउनेहरूको लर्को लाग्यो। तीजलाई लक्षित गरेर बनेको गीतले लगातार चर्चा बटुलिरह्यो।
गीतमा लोक गायिका विष्णु माझीले गाएकी हुन्। विष्णु माझी यस्ती गायिका हुन् जो ‘सेक्रेट सुपरस्टार’ शैलीमा गीत गाउँछिन् तर देखिन्नन् काँचका पर्दा, स्टेज र सार्वजनिक कार्यक्रममा।
विष्णुको स्वरमा रहेको ‘चरी जेलैमा’ गीतले युट्यूवमा अर्को ठूलो कीर्तिमान कायम गरेको छ । एक महिना नपुग्दै २ करोड भ्यूज पार गर्दै गीतले नयाँ कीर्तिमान राखेको हो ।
गत १८ अगष्टमा युट्यूवमा अपलोड गरिएको गीतले यसअघि छोटो समयमा १ करोड भ्यूजको रेकर्ड समेत राखेको थियो । १३ दिनमै १ करोड पुगेको भ्यूज थप १७ दिनमा दोब्बर भएको छ । यससँगै छोटो समय मा दुई करोड भ्यूज पाउने गीतको रकर्ड पनि यसले राखेको छ ।
Comments are closed.