Nepal's First Video FM

सुन चाँदीको मूल्यमा वृद्धि सुन तोलामा यति सम्म पुग्यो !

313

काठमाडौँ, सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। आइतबार ९० हजार तीन सय रुपैयाँ तोलामा कारोबार भएको छापावल सुनको भाउ सोमबार ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार ९० हजार ७ सय रुपैयाँबाट घटेकाे सुन, आइतबार ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ ९० हजार एक सय रुपैयाँ पुगेको छ। आइतबार ८९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य सोमबार पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आइतबार ११ सय ९५ रुपौयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य सोमाबार १२ सय रुपैयाँ पुगेको छ।

You might also like

Comments are closed.