काठमाडौं – प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७८ पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।
सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेकय बैठकमा पारितका लागि पेश गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत भएपछि बहुमतले पारित भएको हो ।
सभा बैठक जारी रहेकाबेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आफ्नो ठाउँमा उभिएर विरोध जनाएको थियो । पार्टीलाई विभाजन हुन नदिने प्रावधान हुँदाहुँदै गलत अध्यादेश ल्याएर एमाले फुटाउने काम भएको भन्दै एमाले सांसद कोमल ओलीले अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराए । यस्तो प्रवृतिले लोकतन्त्र खतरामा पर्ने भन्दै सांसद ओलीले पार्टीले कारवाही गरेका सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो कुर्सीको अपमान गरेको टिप्पणी गरे।
Comments are closed.