काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले कालोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचारको व्यवस्था गरेको आरोप लगाएका छन् ।
सोमबार काभ्रेको पार्टी कार्यालयमा आयोजित वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मान कार्यक्रममा बोल्दै दुई महिनाको समयमा सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै संस्थागत भ्रष्टाचारको सुरुवात गरेको उनले आरोप लगाए ।
उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लगानी गर्यो भने लुटेर भए पनि लिएर आए रहेछ भने पनि लगानी गर्न पाउने भनेर अवैध कालो धनलाई सेतो धन बनाउने गरी नीतिगत भ्रष्टाचारको भयंकर सुरुवात गरिएको छ ।
नेपालमा विदेशी पैसाको अवैध कारोबार गर्न संस्थागत नीति नै बनाएको प्रति आपत्ति जनाएका छन् । उनले भने, ‘वाह ! अग्रगामी सरकार भ्रष्टाचारको संस्थागत यो दुई महिनामा गर्यो । बधाई छ । त्यहीँबाट थाहा हुन्छ हिजोको बैंक लुटेको पैसा कहाँ छ ? हिजो जे जे अपराध गरेका छन्, राज्य लुटेर, कर नतिरेर, ठूलठूला मान्छेहरुले कर तिरेका छैनन् । हामीलाई कुनै चिन्ता छैन ।’
सभामुख अग्नि सापकोटाले भयंकर पक्षपातीपूर्ण व्यवहार गरेकोमा उनले खबरदारी पनि गरे ।
Comments are closed.