Nepal's First Video FM

सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तिब्र तयारी

186

काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यसबारे यातायात व्यवसायहरुसँग छलफल भइरहेको बताए। उनले दुई–तीन दिनमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने मितिको टुङ्गो लगाउने जानकारी दिए।

दशैंमा उत्पयका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको सूचना अधिकारी भुसालले बताए । त्यस्तै अब एक–दुई दिनमा दोस्रो चरणको हुने उनले जानकारी दिए।‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीहरुले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय गर्छौं,’ उनले भने,‘तर, यति गतेबाटै बुकिङ खुल्ला गर्ने भन्ने निर्णय भएको छैन । हामी यहि शुक्रबारसम्म बुकिङ शुरु हुने मिति टुङ्गो लगाउछौं ।’

दशैंको मौका छोपी सार्वजनिक सवारीले बढी भाडा लिने गरेको छ । त्यसलाई रोक्न र सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरिएको छ ।

You might also like

Comments are closed.