Nepal's First Video FM

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

33

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र एक जना महिला रहेका छन् ।

सहिद लखन गाउँपालिका–२ सिलिङमा पोखरी डाँडाबाट जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको तनहुँको आबुखैरेनीमा उपचार  भइरहेको गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । १९ जना सवार रहेको जिपमा २ यात्रु सकुशल रहेको उनले बताए ।
You might also like

Comments are closed.