Nepal's First Video FM

ओखलढुंगामा पहिरोले ३ घर बगायो, श्रीमान्-श्रीमतीको मृत्यु

91

चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिङ गुरुङको घर पनि पुरेको छ । उनीहरूले भागेर ज्यान बचाएका छन् ।

You might also like

Comments are closed.