काठमाडौं, नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन्।
मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार्ज को हुने भन्ने बताइसक्नु भएको छ’, उनले भने, ‘अब यता कुनै विवाद छैन।’
उपाध्यक्ष भीम रावल र आफ्ना बीचमा बाहिर आए जस्तो कुनै मतभिन्नता नरहेको उनले दाबी गरे। दश बुँदे सहमति जस्ताको त्यस्तै लागू हुने भन्ने कुरा नरहेको उनको भनाइ छ।
Comments are closed.