Nepal's First Video FM

जाजरकोटमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाईते

242

जाजरकाेट – जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताए।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको उनले बताए। घाईतेको छ जनाको अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ ।

घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए।

You might also like

Comments are closed.