Nepal's First Video FM

आजदेखि कक्षा १२ को परीक्षा – देशभरबाट तीन लाख ७४ हजारले परीक्षा दिँदै

185

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु गर्दै छ। कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो।

परीक्षा असोज ८ गतेसम्म चल्नेछ। बोर्डको (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र संक्रमण विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको बताए। परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको उनको भनाइ छ।

यस पटक कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ।

यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको शर्माले बताए।

You might also like

Comments are closed.