काठमाडौं – नागरिक, राजनीतिक दल र सेलेव्रिटीमाझ अमेरिकी अनुदान सम्झौता एमसीसी चर्चामा छ । सम्झौतालाई लिएर कसैको पनि एकमत छैन । अभिनेता राजेश हमालले एमसीसीबारे नागरिकलाई स्पष्ट पार्न अमेरिका र नेपाल सरकारलाई आग्रह गरेका छन् । अन्य सेलेव्रिटीले पनि एमसीसीलाई लिएर आ-आफ्ना मत व्यक्त गरिरहेको आमसंचार माध्यममा देख्न सकिन्छ ।
यस्तै, अभिनेत्री करिश्मा मानन्धरले पनि आफ्नो धारणा राखेकी छिन् । करिश्माको बुझाइमा एमसीसीलाई लिएर दलहरुले जनतालाई स्पष्ट पार्न सक्नुपर्छ भन्ने धारणा राखेकी छिन् । दलहरुको विगतको निर्णयका परिणामले गर्दा एमसीसी विवादमा मुछिएको करिश्माको बुझाइ छ ।
फेसबुकमा करिश्माको टिप्प्णी छ : घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुप¥यो भने हात्ती ल्याउनु ठीक होला ? अगुवा गर्नेहरुको विगतको निर्णयका परिणामहरुले गर्दा नै जनतामा यो अविश्वास प्रस्ताव उब्जाएको होला नि त । जनताकै विरोधमा गएर कसरी अगुवाइ गर्ने ?’ यो धारणालाई बुझ्दा अभिनेत्री मानन्धरले पनि एमसीसीको विरोध गरेको सजिलै बुझ्न सकिन्छ ।
Comments are closed.