काठमाडौँ – नेकपा एमालेका उपनेता सुवास नेम्वाङले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकाकै कारण होलिडेको अवस्थामा पुगेको बताएका हुन् ।
सरकारले समयमा नै बजेट पास गर्न ध्यान नदिएको बताउदै एमाले विभाजनमा सरकारले ध्यान दिँदै सभामुखले संसद स्थिगित गर्दा बजेट होलिडेको अवस्था आएको बताएका छन् । साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै उनले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताए ।
पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाङले सभामुखको भूमिका पनि विभेदकारी रहेको भन्दै सभामुख निष्पक्ष नभएको बताए ।
Comments are closed.