चैत्र ३, आमा’ मायाको यस्तो प्रतीक हुन् जाे सन्तान सुखका लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुन्छिन् । सन्तानका लागि आमाले गरेका त्यागको कैयन उदाहरणहरू छन् । तर कतिपय ‘आमा’ यस्ता पनि हुन्छन्, जो आफैंले संसार देखाएको सन्तान जलाउने क्रूर निर्णय लिन पनि पछि पर्दैनन् । रामेछापमा आइतबार यस्तै अपत्यारिलो घटना भएको छ ।
जिल्लाको खाँडादेवी–६, माकादुम पन्नेचौरकी दीलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षीया तारा केसीले आइतबार आफू बस्दै आएको कटेरोमा आगो लगाएर २ छोराछोरीको ज्यान लिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजकुमारले घटनाको पुष्टि गर्दै आमाले लगाएको आगोमा परी ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको जानकारी दिए ।
आगो लगाउने तारा केसी पनि आगलागीमा परी सामान्य घाइते भएकी छन् । प्रहरीले घटनालगत्तै केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
पतिले कान्छी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी ताराले प्रहरीसँगको बयानमा पतिले अर्की पत्नी ल्याई आफूलाई हेला गरेका र छोराछारीसहित प्राण त्याग गर्न कटेरोमा आगो लगाएको वयान दिएकी छन् ।
आगोलागीमा परी मृत्युभएका २ बच्चाको शब सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ ।
आगो लगाउने तारा पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन् ।अनलाइनखबर
Comments are closed.