Nepal's First Video FM

आज १ हजार ५११ जनामा संक्रमण पुष्टि – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

202

काठमाडौँ, पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ।

आज थपिएकासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार १७९ नमुना परीक्षणमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार ५५० संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

You might also like

Comments are closed.