Nepal's First Video FM

एसियाको सबैभन्दा प्रभावशाली अभिनेत्री बनिन् दिपिका पादुकोन – चाँडै नै हलिउड फिल्ममा काम गर्ने

252

मुम्बई, गाला बिंगोले हालसालै जारी गरेको सूचीमा एसियाबाट दीपिकालाई प्रभावमा एक नम्बर मानेको हो ।

यसका लागि उसले सामाजिक सञ्जालका फ्यानसँगै गुगल सर्च र समाचारमा दीपिकाको उल्लेख गरिएको संख्यालाई पनि आधार मानेको थियो ।

गाला बिंगोले फिल्म र टिभीबाहेक व्यापार, राजनीति र फेसनको क्षेत्रका मानिसलाई पनि प्रभावशालीको सूचीमा समेटेको हो । यो उपलब्धि हासिल गरेसँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनको हाराहारीमा आएकी छिन् ।

यसै बीच दीपिका पादुकोन चाँडै नै दोस्रो हलिउड फिल्ममा काम गरिरहेकी छिन् । पहिलो फिल्म ‘ट्रिपल एक्स जेन्डर केज’ले सोचे जस्तो व्यापार नगरेपछि दीपिकाको हलिउड यात्रा सुस्त गतिमा अगाडि बढिरहेको छ ।

You might also like

Comments are closed.