Nepal's First Video FM

हामी जतिबेला पनि सरकारमा जान सक्छौं : नेता नेपाल

286

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जतिबेला पनि सरकारमा जान सक्ने बताएको छ । पार्टीको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएको हो।

उनले भने,‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ उनले आफ्नो पार्टी मन्त्रिपरिषद बिस्तारको ढिलाईको कारक नभएको उल्लेख गरे ।

मन्त्रिपरिषद बिस्तारको अधिकार प्रधानमन्त्रीको रहेकाले यसको जिम्मा देउवालाई रहने उनले बताए। नेकपा (एस)ले आज नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ ।

You might also like

Comments are closed.