कास्की – नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालगसहितका नेताहरु एमालेमै फर्कने गरेको छ । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सो कुरा बताएको हो ।
पार्टी विभाजन गरेर जानेहरु फेरि एमालेमै फर्किने दाबि गरको छ। उनले भने, ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ। अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होम सिक जस्तै एमाले सिक हुन्छ । उहाँ यतै आउनुहुन्छ ।’
भट्टराईले नेता नेपाल एमालेमा फर्कने भन्दा अरु विकल्प नभएको पनि बताए। उनले भने,‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’
Comments are closed.