Nepal's First Video FM

परीक्षालाई लियर, करिश्मा मानन्धरलाई केपी ओलीको फोन, करिश्माले भनिन्-धन्यवाद केपी बुवा

358

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।

उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।

फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उनले उल्लेख गरेकी छिन् । उनले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिएकी छिन् । उनले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।

You might also like

Comments are closed.