Nepal's First Video FM

एमसीसी सम्झौता गर्ने देउवा सरकार, गाली खानि तत्कालीन ओली सरकार: नेता ज्ञवाली

252

काठमाडौं । नेकपा एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन ओली सरकारले खाएको बताएका छन् ।

टोखाको नयाँ किरण समूहद्वारा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उनले देउवा सरकारले एमसीसी सम्झौता गरेर तत्कालीन ओली सरकारले गाली खानुपरेको बताए ।

‘त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा, हस्ताक्षर गर्ने त्यो बेलाका अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ । उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो,’ उनले भने, ‘अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली ।’

You might also like

Comments are closed.