Nepal's First Video FM

एमालेको सरकार ढलाउन र प्रतिनिधि सभा पुनःस्थापनाका लागि भूमिका खेल्नेहरुले पदक पाए

279

काठमाडौं – नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको सरकार ढलाउन र प्रतिनिधि सभा पुनःस्थापनाका लागि भूमिका खेल्नेहरुले पदक पाएको भन्दै विरोध गरेका छन् । आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमालेले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले धारणा राखेका हुन् ।

त्यस्तै उनले प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पदक पाएको भन्दै पदक अस्वीकार गर्न आग्रह पनि गरेका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताए ।

उक्त कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जनताको लामो बलिदानीपछि संविधान निर्माण भएको भन्दै यसमा रहेका उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.