काठमाडौँ, संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यत्ति, व्यक्तित्व राष्ट्रपतिबाट विभिन्न मानपदवी, अलंका, र पदकबाट विभूषित हुने गरेका छन्।
सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।
यसवर्ष कोरोना भाइरसको महामारीमा फन्टलाइनमा रहेर काम गर्ने चिकित्सक, नर्स, प्रयोगशालाका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सम्मानित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने स्वास्थ्य क्षेत्रका एक सयभन्दा बढी स्वास्थ्यकर्मी रहेका छन्।
राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभुषणबाट एक जना चिकित्सक, सुप्रवल जनसेवा श्रीबाट २८ जना, प्रवल जनसेवा श्रीबाट ४९ जना, जनसेवा श्रीबाट २७ जना गरी कुल १०५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विभुषित गरिएको छ।
सधैंजसो नर्सको भूमिका आझेलमा पर्दै आएको सन्दर्भमा यसवर्ष भने नर्सिङ भूमिकालाई सरकारले महत्वका साथ हेरेको छ।
यसअघि धेरैजसो काठमाडौं उपत्यका तथा सुगम क्षेत्रका नर्स विभूषित हुने गरेको थिए। तर, यसवर्ष भने सरकारले दुर्गम क्षेत्रका नर्सलाई महत्वसाथ हेरी सम्मानित गरेको छ। सरकारले कोरोना उपचार तथा अन्य भूमिकामा रहेर ११ नर्सलाई सम्मानित गरेको छ।
यी हुन्, राष्ट्रपतिबाट विभूषित ‘फ्रन्टलाइनर’ ११ नर्स
१. सरिता भण्डारी अस्पताल, नर्सिङ निरीक्षक भरतपुर अस्पताल
२. सीमा शर्मा, नर्सिङ अधिकृत सेती प्रादेशिक अस्पताल धनगढी
३. विना न्यौपाने, नर्सिङ अधिकृत
४. सरला केसी , नर्सिङ अधिकृत
५. तिमिला श्रेष्ठ, नर्सिङ उप नियन्त्रक
६. बसन्ती थापा, नर्सिङ उप नियन्त्रक
७. सम्झना प्रजापति, नर्सिङ अधिकृत
८. दिलकुमारी बुढा, स्टाफ नर्स स्वास्थ्य कार्यालय डोल्पा
९. मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
१०. कल्पना पिया, नर्सिङ सह नियन्त्रक
११.सञ्जु शाह, स्टार्फ नर्स
Comments are closed.