Nepal's First Video FM

देउवा सरकारले छानीछानी आफ्ना मान्छेलाई विभूषण र मानपदवी बाँड्यो: अध्यक्ष ओली

254

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको टिप्पणी गरेका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमालेले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले यसपटक सरकारले बितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको भन्दै यसको इतिहासले निर्मम मूल्यांकन गर्ने बताएका हुन् ।

उनले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको समेत बताए । ओलीले सरकारले छानीछानी आफ्ना मान्छेलाई विभूषण र मानपदवी बाँडेको आरोप लगाउदै मुलुकका लागि योगदान गर्नेको अवमूल्यन गरिएको धारणा पनि राखे ।

त्यस्तै ओलीले संविधान कार्यान्वयनका बेलामा पार्टी फुटाउने र त्यसका लागि विभिन्न क्रियाकलाप भएको बताए । उनले अहिलेको सत्ता गठबन्धनले राष्ट्रपति संस्थाको हुर्मत लिएको तर्क पनि गरे ।

You might also like

Comments are closed.