Nepal's First Video FM

सशस्त्रमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

437

चैत ५, सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल्ने तारकेश्वर–१०, लोकतान्त्रिक चोक बस्ने २७ वर्षीय मञ्जु बुढाथोकी पक्राउ परेकी छन् ।

उनले आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै रकम असुल्ने गरेकी थिइन् । प्रलोभनमा पार्न उनले शसस्त्र प्रहरीको पोशाक लगाएको फोटो पनि देखाउने गरेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा मञ्जुबाट हालसम्म ५ जना ठगिएको खुलेको छ । उनले काठमाडौं वनस्थलीमा बस्ने राधा शाहीसँग जागिर लगाइदिने भन्दै १ लाख ४५ हजार रुपैयाँ लिएकी थिइन् ।

त्यस्तैगरी, कपन बस्ने रेणुका भण्डारीसँग ५० हजार रुपैयाँ, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनुवारसँग १९ हजार लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।

महानगरीय प्रहरी वृत्त, बालाजुको टोलीले पक्राउ गरेको उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

You might also like

Comments are closed.