Nepal's First Video FM

मनाङेविरुद्ध मुद्धामा पुनरावेदन

561

माघ १५, सम्पत्ति शुद्धीकरण मुद्धामा विशेष अदालतबाट सफाई पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

आजको नागरिकमा खबर छ- महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाई दिइएको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार विगोसहितको माग दावी गर्दै विशेष अदालतमा चाल बर्षअघि मुद्धा दर्ता गरेको थियो ।

You might also like

Comments are closed.