Nepal's First Video FM

अस्पतालमा डाक्टर नहुँदा दर्जनौँ बिरामी उपचारबाट वञ्चित

550

चैत ५, जाजरकोट । साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा. सञ्जय यादव काममा नफर्केपछि बिरामी उपचारबाट वञ्चित छन् ।

अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनिया लगायत रोगका बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य सहायक तप्तबहादुर चनाराले बताए । डाक्टर नहुँदा दर्जनौँ बिरामी उपचार नपाई फर्कने गरेको उनको भनाइ छ ।

“प्लास्टर, सुत्केरी, भिडियो एक्सरे लगायत सेवा बन्द भएको छ,” उनले भने-“आइतबार मात्र ४५ बिरामीको सामान्य जाँच मात्र गरियो ।” डाक्टर नआउँदा अस्पतालमा भर्ना भएका ५ जना बिरामीको उपचार गर्न कठिन भएको उनको भनाइ छ ।

डा. यादव प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले धम्काएको बहानामा अस्पताल आउनै छाडेको बताइएको छ  । प्रजिअलाई कारबाही नभएसम्म कार्यस्थलमा नफर्कने यादवले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले कार्यबोझका कारण नभई व्यक्तिगत घमण्डका कारण यादवले आदेशको उल्लंघन गरेको बताए  ।

यस्तै जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पनि चिकित्सक नहुँदा त्यस क्षेत्रका बिरामी पनि उपचारबाट वञ्चित छन् । कर्मचारी मेडिकल अधिकृत एमडीको परीक्षा दिन काठमाडौँ गएपछि बिरामी उपचारबाट वञ्चित भएका हुन् ।

You might also like

Comments are closed.