Nepal's First Video FM

आज नारायण खड्का कांग्रेस बाट परराष्ट्रमन्त्री बन्दै

285

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकबाट प्रधानमन्त्री देउवाले यस्तो निर्णय गरेका हुन्।

गठबन्धनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल गरे पनि त्यसमा भने टुंगो लागेको छैन। तर, खड्काले भने बुधबार नै परराष्ट्रमन्त्रीको शपथ लिने लगभग तय भएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार विस्तारै हुँदै गरे पनि परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्न चाहेका हुन्। गठबन्धनबाट निर्णय गराएपछि उनलाई सहज भएको छ।

You might also like

Comments are closed.