काठमाडौं उपत्यकामा मात्र ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाइने भएको छ । उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवाले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा दिने घोषणा गरेको छ ।
मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घघरमै बोलाउन सकिने सुबिधा रहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश रहेको कम्पनीले दाबी गरेको छ । ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिक रुपमा सेवा शुरु गरिसकेको कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिनुभयो ।
कम्पनीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिने दाबी गरेको छ ।
Comments are closed.