केपी ओलीले भने- हामीले बनाइदिएको घरमा प्रधानमन्त्री सर्दैछन् , सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे ।
यस्तै ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । सरकारलाई जता छोयो त्यतै पोल्ने उनको टिप्पणी छ ।
अब हामीले बनाइदिएको नयाँ घरमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्दैछन् । एकपटक ताली बजाउनुस् न । उहाँले रिवन काट्नु्हनेछ, बत्ती बाल्नुहुनेछ । हामीले तार जोडिदिएका छौं, उहाँले प्लग ठ्याक्क थिच्नुहुनेछ । मलाई खुसी लाग्छ ।’
Comments are closed.