काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताएका छन् ।
वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीलाई भगौडाको संज्ञा दिए ।
उनले भने,‘हामीमाथि दमन गर्ने उद्देश्यले प्रतिक्रान्ति गर्न खोजिएको थियो, केपी ओलीसँग एकता गर्नै हुँदैन थियो भनेर साथीहरुले भन्ने गरेका छन्, तर एमालेमा हजारौं क्रान्तिकारी नेताहरु छन्, यो देशलाई सामाजिक विकासमार्फत समाजवादतर्फ लैजानको लागि मैले जोखिम उठाएँ केपीजस्तो निरंकुश, अहंकारी र दम्भीलाई पार्टीबाट निकालिदिएको हो ।
केपीजतिको बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन् । यदि ठूलो अवसर थियो उनलाई, चुप लागेर बसेको भए सहमति पालना गरेको भए महान नेता हुने अवसर थियो । केपी ओली विदेशीसँग आत्मसमर्पण गरे ।’ केपी प्रवृत्ति भनेको सामन्ती हिन्दू प्रवृत्ति भएको पनि उनको टिप्पणी छ ।
Comments are closed.