Nepal's First Video FM

हेलिकप्टरमा इन्दिरा जोशीले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरिन्

187

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।

जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् ।

उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् ।

You might also like

Comments are closed.