Nepal's First Video FM

चरी जेलैमाको रेकड पछि बिष्णु माझीको फेरी रेकर्ड तोड्ने गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’,युटुबमा भाइरल !

316

कमल सरगम,काठमान्डौ-तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन।

एक महिनामै झन्डै २ करोड दर्शकले हेरेको चरी जेलैमा दोहोरी इतिहास मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा धेरै हेरिएको गीत भएको थियो भने नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा बजारमा आएको दशैँ तिहार गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’बजारमा आएको छ।

बिष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको लय र शब्द रहेको गीतमा बिष्णु माझीको एकल आवाज रहेको छ।गीतमा बिष्णु माझीले आफ्नो परदेशी श्रीमानलाइ आफ्नै गाउँ फर्कन अनुरोध गरेकी छिन भने परदेशमा रहेकी श्रीमानको झल्को लाग्यो भन्दै त्यो झल्को मेटाउन भए पनि आफ्नै देश फर्कन अनुरोध समेत गरिएको छ।

You might also like

Comments are closed.