Nepal's First Video FM

सुनको मूल्यमा निरन्तर गिरावट, दुई दिनमा यति धेरै सम्म घट्यो !

220

काठमाडौँ, नेपालमा दुई दिनभित्रैमा सुनको भाउ ११ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ भएको सुनको मूल्य बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झर्याे र आज पनि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ

You might also like

Comments are closed.