Nepal's First Video FM

पूर्व आईजीपी मोतिलाल बोहराको बारीबाट एभोकाडो चोर्ने १२ जना पक्राउ

292

काठमाडौँ, पूर्वआईजीको बारीबाट एभोकाडो चोर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नयाँ बानेश्वर रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले निगरानी गरेर समातेका हो।
काठमाडौँमा केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी हुने घटना बढिरहेको सूचना प्राप्त भएको थियो । त्यसै सूचनालाई आधार मानेर प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो।

पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन्। उनीहरूले यसरी चोरी गरेको फल फलफूल पसलमा लगेर बेच्ने गरेको देखिएको छ।

You might also like

Comments are closed.