Nepal's First Video FM

नारायहिटी दरबारको श्रीपेच चोर्न खोज्ने पक्राउ – अवलोकन गर्ने बहानामा सिसा फुटाएर चोर्ने खोजेका थिए

240

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।

उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

पूर्वआईजीको बारीबाट एभोकाडो चोर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। नयाँ बानेश्वर रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले निगरानी गरेर समातेका हो। काठमाडौँमा केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी हुने घटना बढिरहेको सूचना प्राप्त भएको थियो । त्यसै सूचनालाई आधार मानेर प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो।

पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन्। उनीहरूले यसरी चोरी गरेको फल फलफूल पसलमा लगेर बेच्ने गरेको देखिएको छ।

You might also like

Comments are closed.